मौद्रिक नीतिको समीक्षाले महत्त्वपूर्ण तीन क्षेत्रलाई छोएन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा सर्वाधिक चर्चामा हुने विषय छुटेका छन् ।
सोमबार सार्वजनिक भएको समीक्षामा सेयर बजार, घरजग्गा र अटो क्षेत्रको विषयमा कुनै सम्बोधन नभएका हुन् ।
सेयर बजारको सम्बन्धमा लगानीकर्ताको खासै ठुलो माग केही थिएन । लामो समयदेखि २५ करोडको सीमा खारेज गर्नुपर्छ भन्दै आएका लगानीकर्ताको माग मौद्रिक नीतिमार्फत नै सम्बोधन भएको थियो । त्यसैले यसपालि खासै उनीहरूले खासै ठुलो माग गरेका थिएनन् ।
घरजग्गा व्यवसायका लागि पनि मौद्रिक नीतिमार्फत नै राष्ट्र बैंक निकै उदार देखिएको थियो । यस अनुसार पहिलो पटक घर खरिद गर्न चाहने व्यक्तिले ८० प्रतिशतसम्म र अरूका हकमा ७० प्रतिशतसम्म मार्जिन सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।
अटो व्यवसायीका हकमा भने मौद्रिक नीति अलि उदार देखिएन । खासगरी इलेक्ट्रिक सवारीमा यसअघि दिँदै आएको ८० प्रतिशतसम्मको लोन–टू–भ्यालु रेसियोलाई घटाएर राष्ट्र बैंकले ६० प्रतिशत कायम गरिदिएको थियो । व्यवसायीले यसलाई फेरि ८० प्रतिशत नै पुर्याउनुपर्ने बताउँदै आएका थिए । तर, पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले यो विषय सम्बोधन गरेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण