राजनीति
कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थपियो
सोमबार, १५ मङ्सिर २०८२, १५ : ३४
सारांश
- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको छ।
- केन्द्रीय कार्यसमिति बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय गर्यो।
- वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो, तर अब माघ मसान्तसम्म थपिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।
वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो । कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ । तर, केन्द्रीय समितिले २ महिना थप गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण