पारसको प्रशंसा गर्दै रचना भन्छिन्– सही ठाउँमा सही व्यक्ति पुग्दा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण दिनुभाे
मङ्गलबार, १६ मङ्सिर २०८२, ०९ : १८
काठमाडौँ । गायिका रचना रिमालले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काको प्रशंसा गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्– 'सही ठाउँमा, सही व्यक्ति पुग्दा कस्तो प्रभाव पर्छ भन्ने कुरा हो उदाहरण हुनुहुन्छ हाम्रो पारस दादा । पारस खड्का नेपाली क्रिकेटको इतिहासको पानामा सुनौलो अक्षरले कोरिएको एउटा नाम हो । '
रचनाले थप भनेकी छिन्– 'उहाँले खेलाडीको रूपमा राष्ट्रको लागि खेलेको प्रत्यक्ष हेर्ने सौभाग्य त मैले प्राप्त गरिन तर उहाँले समग्र नेपाली क्रिकेटको विकास र नेपाली क्रिकेटलाई नयाँ उचाइ प्रदान गर्न गरिरहनुभएको मिहिनेत र लगनशीलता भने देख्ने र महसुस गर्ने सौभाग्य प्राप्त गरिरहेकी छु । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण