मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

तरकारी बजारको चहलपहल (तस्बिरहरू)

मङ्गलबार, १६ मङ्सिर २०८२, १८ : ३७
मङ्गलबार, १६ मङ्सिर २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाका तरकारी बजारहरूमा बिहान सबेरैदेखि साँझसम्म चहलपहल हुने गर्दछ । 

बिहान सबेरै करिब ३ बजेदेखि चहलपहल सुरु हुने तरकारी बजारमा ताजा तरकारी बोकेर आएका ट्रकहरू एकाबिहानै बजार प्रवेश गर्छन् । त्यसपछि थोक व्यापारीहरूले आफ्नो स्टलमा तरकारी राख्न थाल्छन्।

बिहान १० बजेसम्म बजार अत्यन्त व्यस्त रहन्छ। यो समय व्यापारीहरूका लागि मुख्य कारोबारको समय हो। होलसेल ग्राहक र खुद्रा खरिदकर्ताहरूले बिहानै तरकारी बजारबाट तरकारी उठाउँछन् । त्यसपछि बजार केही समयको लागि शान्त हुन्छ र गतिविधि कम हुन्छ।

अपराह्न ३ बजे बजार फेरि चलायमान हुन्छ र राति करिब ९ बजेसम्म व्यस्त रहन्छ । यो समय तरकारी प्याक गर्ने, वितरण गर्ने र खुद्रा ग्राहकहरूले किनमेल गर्ने समय हो । 

नेपाल सरकारले सञ्चालन गर्ने गरेको सबैभन्दा ठुलो फलफूल र तरकारी कमोडिटी बजार  कालीमाटी बाहेक काठमाडाैँ उपत्यकामा बल्खु तरकारी बजार, सुकेधारा, जोरपाटी लगायतका विभिन्न स्थानमा यस्ता तरकारी बजार सञ्चालनमा छन् ।

21-IMG_533522-IMG_533623-IMG_5341_124-IMG_534425-IMG_534726-IMG_534927-IMG_5352

01-IMG_527002-IMG_527203-IMG_527504-IMG_527905-IMG_528106-IMG_528207-IMG_5287_108-IMG_5291_109-IMG_529210-IMG_5300

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप