आगलागीजन्य घटना नियन्त्रणका लागि ड्राइराइजर प्रणाली प्रयोगमा
सारांश
- काठमाडौँ महानगरपालिकाले आगलागी नियन्त्रणका लागि ड्राइराइजर प्रणाली प्रयोगमा ल्याएको छ।
- विभिन्न वडाहरूमा ड्राइराइजर प्रणाली जडान गरी आगलागी नियन्त्रणको प्रयास थालिएको छ।
- यो प्रणालीले साना गल्लीहरूमा समेत दमकलको पहुँच पुर्याएर आगलागी नियन्त्रणमा सहयोग गर्छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा ल्याएको छ । विपद् व्यवस्थापन विभागले पञ्चकुमारी मार्ग जनगोरेटोमा बिछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षण गरी उक्त प्रणालीमार्फत काम सुरु गरिएको महानगरपालिका विपद् व्यवस्थापन विभागका विष्णुप्रसाद जोशीले जानकारी दिए ।
उक्त प्रणाली परीक्षणका लागि खटिएका काठमाडौँ बारुणयन्त्र कार्यालयका अग्निनियन्त्रक र महानगर प्रहरी बलबाट खटिएका जनशक्तिले तीन हजार लिटर र तीन हजार ५०० लिटर पानी भण्डारण क्षमता भएका दुई वटा दमकलको प्रयोग गरी उक्त कार्य सुरु गरेको जोशीले जानकारी दिए।
कामपाको केन्द्र, विपद् व्यवस्थापन विभागबाट कार्यान्वयनमा आएको ड्राइराइजर बिछ्याउने योजनाअन्तर्गत वडा नम्बर २, ३, १४, १६, १९, २६ र ३० का विभिन्न गल्ली गरी १४ ठाउँमा ड्राइराइजर राखिसकिएको छ ।
रु एक करोड १७ लाख २ हजार ४५० लागतमा राखिएको उक्त प्रणालीबाट कामपाभित्र वडाहरूको दुई हजार ८९६ मिटर लामो ड्राइराइजर प्रणाली स्थापना भएको छ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको कामपाले जानकारी दिएको छ । यो प्रणालीको परीक्षण जाँचका क्रममा विभिन्न वडाहरूको उक्त प्रणाली परीक्षणको सुरुआत गरीएको छ ।
केन्द्रबाट जोडिएको प्रणालीसँगै वडाहरूले वडाकै बजेटबाट पनि प्रणाली जडान भएको बताइएको छ । भूमिगत फायर ड्राइराइजर, साँघुरा गल्ली जहाँ दमकल जान सक्दैनन् । त्यस्ता ठाउँमा सम्भावित आगलागी नियन्त्रण गर्न जडान गरिएको, पानी पुर्याउने प्रणाली हो । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।
आगलागीका बेला मात्र पानी प्रवाह हुने ड्राइराइजर हो । यदि त्यसमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण