बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

बुधबार, १७ मङ्सिर २०८२, ०४ : २३
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • मंसिर १५ देखि १६ गतेसम्म देशभर १७ स्थानमा आगलागीका घटना घटे ।
  • आगलागीबाट ८२ लाख ९१ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
  • अधिकांश आगलागी असावधानीका कारण भएको पाइयो, सावधानी अपनाउन जरुरी छ।

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपद्मा घटनाका जानकारी प्राप्त भएका छन्।

प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना छन् । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते भएकी थिइन् । 

प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ । सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । 

गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ ।

प्राधिकरणको विवरण अनुसार अधिकांश आगजनी असावधानीका कारण भएको देखिन्छ । सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भए पनि असावधानी र जनचेतनाको अभाव देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप