शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

बुधबार, १७ मङ्सिर २०८२, ०८ : ५६
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ।
  • बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ।
  • पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय भएसँगै बैठक बोलाइएको हो।

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ बजेका लागि समिति बैठक आह्वान भएको समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । चौधरीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय भएसँगै महामन्त्री गगन थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन् ।

समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य छन् । 

केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप