राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतको बिदाइ भेट
बुधबार, १७ मङ्सिर २०८२, १२ : ४१
सारांश
- अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छिन्।
- भेटमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, हित र चासोका विषयमा छलफल भयो।
- राष्ट्रपति पौडेलले राजदूत जोनस्टनलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिए।
काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राजदूत जोनस्टनले बिदाइ भेट गरेकी हुन् ।
भेटका क्रममा नेपाल र अस्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
साथै राष्ट्रपति पौडेलले राजदूत जोनस्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद व्यक्त गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण