भोलेनाथको भक्तिमा भुतवा तोहार बाबा धार्मिक गीति एल्बम सार्वजनिक
वीरगंज –भुतवा तोहार बाबा भन्ने भतिm गिती एल्बमको आज एक कार्यक्रमका विच वीरगंजमा विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त एल्बमको विमोचन गरीएको हो । संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले एल्बमको विमोचन गरेका हुन् ।
मनोरञ्जनात्क भोजपुरी गायनमा ख्याती कमाएका सुनिल पण्डितको शब्द र स्वर रहेको गिती एल्बममा अनिल गुप्ता, सलोनी विष्ट र राजु ठाकुरले अभिनय गरेका छन् । पोखरीया र नौतनको धार्मिक स्थलमा गितको छयांकन गरिएको थियो । श्रावणको महिना शुरु भएको बेला बजारमा आएको भुतवा तोहार बाबा भन्ने गिति एल्बमले धार्मिक श्रोताहरुको विशेष मन जित्ने निर्माता भोल्टास एसी वीरगंजका सञ्चालक किसन आग्रवालले विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदिप यादवले धार्मिक गिति एल्बमले हाम्रो धर्म संस्कृतिको जगेर्ना गर्न सघाउ पुग्ने बताए । उनले धर्म प्रति भक्तजनको आस्था र विश्वासलाई कायम राख्न भक्ति एल्बम सफल रहोस भन्ने शुभकामना समेत व्यक्त गरे । कार्यक्रमका अन्य सहभागिहरुले समेत भक्ति एल्बमको सफलताको शुभकामना व्यक्त गरेका थिए । अनिल गुप्ताको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा कलाकार शिवजी विश्वकर्मा, रामेश्वर प्रसाद कलवार, मदन गुप्ता, अखिलेष साह लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण