पोखरा सडक महोत्सव पुस १३ गतेदेखि
पोखरा । यो वर्षको पोखरा सडक महोत्सव पुस १३ गतेदेखि सुरु हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले हरेक वर्ष अंग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव आयोजना गर्दै आएको छ । २७ औँ संस्करणको महोत्सव पुस १३ देखि १७ सम्म सञ्चालन हुनेछ ।
महोत्सवको तयारी सुरु गरिएको रेवान पोखराले जनाएको छ । महोत्सव सम्पन्न गर्न रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमको संयोजकत्वमा मूल समिति गठन भएको छ ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको तयारी सुरु भैसकेको संस्थाका अध्यक्ष विश्वराज पौडेलले बताए ।
महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा चल्नेछ । कला संस्कृतिको प्रवर्द्धन गर्न र स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरण गर्न महोत्सव फलदायी भएको उनको तर्क छ । यो वर्षको महोत्सवमा विभिन्न जातजातीका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट हुने संयोजक गौतमले सुनाए ।
यसबाहेक, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् ।
महोत्सव अवधिभरमा पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीका विषय केन्द्रित अन्तरक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताए ।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई प्राथमिकता साथ प्रदर्शनी गरिने उनले जानकारी दिए ।
पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्दै आएको महासचिव वीरेन्द्र शेरचन बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण