मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु
बिहीबार, १८ मङ्सिर २०८२, १७ : १९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो । उनी कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत थिए ।
प्रहरीका अनुसार, गएराति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटनामा परेका थिए ।
उनी सवार रहेको बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका र विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण