एनपीएल : सुदूरपश्चिमले चितवनलाई दियाे १७० रनको विजयी लक्ष्य
काठमाडौँ । क्रिस लिनको अर्धशतकको सहयोगमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनायो । सुदूरपश्चिमका लागि क्रिस लिनले ७५ रनको अर्धशतकीय पारी खेल्दै रिटायर हर्ट भए । उनले ५६ बलमा ५ चौका ३ छक्का प्रहार गरे ।
सुदूरपश्चिमका लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ रनको योगदान गरे । बलिङतर्फ चितवनका लागि शैब जैबले दई विकेट लिँदा रञ्जित कुमार र जर्ज स्क्रिमशाले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुग्ने योजनामा छ । यता चितवन भने आजको खेलमा जित निकाल्दै प्लेअफका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण