मतदान अधिकृत खत्रीले एमाले मुख्यालयमै पुगेर संगठन प्रमुख अधिकारी र सचिव ढुङ्गेलको ‘सातो लिए’
सारांश
- ओखलढुङ्गा एमालेको अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टी मुख्यालयमा विवाद उत्पन्न भएको छ।
- निर्वाचन प्रक्रियाबाट चुनिएका प्रतिनिधिलाई मान्यता नदिई पुनः निर्वाचनको निर्देशन दिएपछि निर्वाचन अधिकृतले आपत्ति जनाए।
- जिल्लाका ८ मध्ये ७ पालिकाले सुरक्षा र व्यवस्थापनका कारण निर्वाचन गर्न नसक्ने लिखित जानकारी गराएका छन्।
विराटनगर। नेकपा एमाले ओखलढुङ्गाको ११ औँ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर उत्पन्न विवाद पार्टी केन्द्रीय मुख्यालय च्यासलसम्म पुगेको छ। निर्वाचन प्रक्रियाबाट चुनिएका प्रतिनिधिलाई मान्यता नदिई संगठन विभागले पुनः निर्वाचनको निर्देशन दिएपछि ओखलढुङ्गाका एमाले नेता तथा जिल्ला निर्वाचन मतदान अधिकृत सञ्जय खत्रीले केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलमाथि आक्रोश पोखेका छन्।
पार्टी मुख्यालयमा भएको भेटघाटमा खत्रीले विधि र प्रक्रिया पुर्याएर गरिएको निर्वाचन बदर गरिएको भन्दै नेतृत्वको नियतमाथि प्रश्न उठाए ।
के हो विवाद ?
एमाले ओखलढुङ्गाको अधिवेशनका लागि गत मंसिर १३ गते निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको थियो। तर, उक्त प्रक्रियामा असन्तुष्टि जनाउँदै अर्को पक्षले उजुरी गरेपछि केन्द्रीय संगठन विभागले उक्त छनोट प्रक्रिया रद्द गर्दै पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दियो। सोही निर्देशनको विरोधमा निर्वाचन अधिकृत खत्रीसहितको टोलीले संगठन प्रमुख अधिकारी र सचिव ढुङ्गेललाई भेटेर असन्तुष्टि जनाएको हो।
खत्रीले संगठन विभाग प्रमुख अधिकारीसामु एमालेको दोहोरो मापदण्डमाथि प्रश्न उठाए। उनले अन्य जिल्लाको उदाहरण दिँदै ओखलढुङ्गाका १५१८ जना कार्यकर्ताले लाइन लागेर गरेको मतदानलाई नेतृत्वले अपमान गरेको आरोप लगाए।
आक्रोशित हुँदै खत्रीले भने, ‘सोलुमा २८ जनाले भोट हाल्दा सर्वसम्मत भएर पारित हुने ? धनुषामा १४ हजार संगठित सदस्य भएको ठाउँमा १५१ जनाले भोट हाल्दा त्यो सदर हुने ? खोटाङमा जबरजस्ती ५० औँ जनाले विमति जनाउँदा पनि सदर हुने ? अनि ओखलढुङ्गामा १५१८ जनाले मत हाल्दा चाहिँ बदर हुने ?
केन्द्रले पुनः प्रतिनिधि छनोट गर्न पठाएको पत्रको जवाफमा जिल्लाका ८ मध्ये ७ पालिकाले सुरक्षा र व्यवस्थापनका कारण अब निर्वाचन गर्न नसक्ने लिखित जानकारी गराइसकेको खत्रीले बताए।
‘तपाईँहरूले ११ गते पत्र पठाउनुभयो, हामीले १२ गते नै जवाफ पठायौँ कि अब व्यवस्थापन र सुरक्षाको हिसाबले निर्वाचन सम्भव छैन,’ खत्रीले अधिकारीलाई चुनौती दिँदै भने, ‘यज्ञराज सुनुवार र किशोर अधिकारीले फोन नउठाउँदा जिल्ला नजाने ? अनि यहाँ बसेर मनलाग्दी निर्णय गर्ने ?’
यज्ञराज सुनुवारमाथि खनिए खत्री
खत्रीले केन्द्रीय सदस्य तथा ओखलढुङ्गाका इन्चार्ज यज्ञराज सुनुवारप्रति पनि तीव्र आक्रोश व्यक्त गरे। सुनुवारले ३०० पटक फोन गर्दा पनि नउठाएको र म्यासेजको रिप्लाई नगरेको गुनासो गर्दै उनले भने, ‘निर्वाचन प्रक्रियाबाट भागेर हिँड्ने, फोन नउठाउने अनि यहाँ आएर गलत रिपोर्टिङ गर्ने ? १५१८ जनाले भोट हालेको निर्वाचनलाई बदर गरेर अब सुनकोसी कसरी तर्छ ?’
खत्रीले आफूहरूले विधिपूर्वक निर्वाचन गराएको दाबी गर्दै त्यसको फोटो, भिडियो र कागजातसहित पुनः आउने चेतावनी दिए। उनले भने, ‘तपाईँहरूलाई छलफलका फोटो, भिडियो सबै लिएर आउँछौँ। निर्वाचन कमिटीले पटक–पटक बोलाउँदा नआउने, अनि बाहिर बसेर पत्रकार सम्मेलन गर्दै हिँड्ने ? विधि र प्रक्रिया पुगेको छैन भने कुन डकुमेन्ट पुगेन भन्नुपर्यो, होइन भने १५ सय कार्यकर्ताको मतको अपमान गर्न पाइँदैन।’
खत्रीको आक्रोशपछि संगठन विभाग प्रमुख अधिकारी र सचिव ढुङ्गेल रक्षात्मक देखिएका थिए। अधिकारीले ‘तलका ६ वटा पालिकाले माग गरेअनुसार पायक पर्ने गरी गर्न खोजिएको’ भन्दै सम्झाउने प्रयास गरे पनि खत्रीले त्यसलाई अस्वीकार गर्दै ‘मनपरितन्त्र नचल्ने’ चेतावनी दिएका थिए।
ओखलढुङ्गा एमालेमा संस्थापन र इतर पक्षबिचको गुटगत लडाइँले जिल्लाबाट छानिएका प्रतिनिधिको वैधानिकतामा प्रश्न उठेको छ ।
याे पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण