आज विवाह गर्दै अभिनेत्री पूजा शर्मा
शनिबार, २० मङ्सिर २०८२, ०८ : ०१
सारांश
- अभिनेत्री पूजा शर्माले प्रेमी युद्ध बानियासँग विवाह गर्दैछिन्।
- विवाह भक्तपुरको साँगास्थित पाँचतारे होटलमा हुँदैछ, जसमा सीमित व्यक्तिहरूलाई बोलाइएको छ।
- उनीहरूको प्रेम सम्बन्ध ६ वर्ष पुरानो हो, र उनीहरूले रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन्।
काठमाडौँ । अभिनेत्री पूजा शर्मा आज विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् ।
विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ । विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य, आफन्त र साथीभाइलाई निम्त्याइएको छ ।
पूजा र युद्धको विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला उनले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेकी थिइन् । युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । पूजाले युद्धसँग मिलेर झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण