सुडान : किन्डरगार्टेनमा ड्रोन आक्रमणबाट ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु
सारांश
- सुडानको कालोगी सहरमा ड्रोन आक्रमण हुँदा एक किन्डरगार्टेनमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु भएको छ।
- सुडानको सेना र आरएसएफबीचको द्वन्द्वमा सेनालाई आक्रमणको आरोप लागेको छ, जसमा किन्डरगार्टेन निशानामा परेको बताइएको छ।
- युनिसेफले बालबालिकामाथिको आक्रमणलाई बाल अधिकारको उल्लंघन भन्दै तत्काल रोक्न आग्रह गरेको छ।
कालोगी । सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी सहरमा भएको ड्रोन आक्रमणमा एक किन्डरगार्टेन निशाना बनेको र यसमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ।
सुडानको सेनासँग गृहयुद्ध लडिरहेको अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) माथि सेना र एक चिकित्सा संस्था, सुडान डक्टर्स नेटवर्कले बिहीबारको उक्त आक्रमण गरेको आरोप लगाएका छन्। आरएसएफले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
सेना निकट विदेश मन्त्रालयका अनुसार किन्डरगार्टेनमा ड्रोनबाट दुई पटक मिसाइल प्रहार गरिएको थियो। आक्रमणपछि विद्यालय पुगेका सर्वसाधारण र चिकित्सकहरूलाई पनि निशाना बनाइएको मन्त्रालयले थप जनाएको छ।
युनिसेफका प्रवक्ता शेल्डन येटले कालोगीमा भएको हमलाको प्रतिक्रिया दिँदै भने, ‘बालबालिकाहरूलाई उनीहरूको विद्यालयमा मार्नु बाल अधिकारको भयानक उल्लङ्घन हो। द्वन्द्वको मूल्य बालबालिकाले कहिल्यै तिर्नु हुँदैन।’
उनले सबै पक्षलाई यस्ता आक्रमणहरू तत्काल रोक्न र अति आवश्यक मानवीय सहायता पुर्याउन सुरक्षित पहुँच दिन आग्रह गरेका छन्।
यता, आरएसएफले पनि सेनामाथि शुक्रबार दारफुर क्षेत्रमा चाडसँगको अद्रे सीमा नाका नजिकैको इन्धन डिपोमा ड्रोन आक्रमण गरी बजारलाई निशाना बनाएको आरोप लगाएको छ। आरएसएफले सो नाका 'सहायता र व्यापारिक आपूर्ति' का लागि प्रयोग हुने बताएको छ।
द्वन्द्व ट्र्याक गर्ने अनुसन्धानकर्ताहरूको समूह सुडान वार मनिटरका अनुसार उक्त आक्रमणले सर्वसाधारणमा क्षति पुर्याएको र बजारमा ठुलो नोक्सानी भएको छ। सेनाले भने दारफुरको रिपोर्टबारे तत्काल कुनै टिप्पणी गरेको छैन।
सुडानमा सेना र आरएसएफबिच अप्रिल २०२३ देखि द्वन्द्व चलिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण