एमाले महाधिवेशनमा युवा संघले ५० हजारभन्दा बढी युवा उतार्ने
सारांश
- नेकपा एमालेको महाधिवेशनमा युवा संघले ५० हजार युवा उतार्ने घोषणा गरेको छ।
- युवा संघले काठमाडौं, ललितपुर, र अन्य प्रदेशबाट युवाहरूलाई परिचालन गर्ने तयारी गरेको छ।
- महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ, उद्घाटन सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ।
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा,जिल्ला,पालिका र प्रदेशहरू कमिटीहरूलाई अनिवार्य रूपमा युवाहरूको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ ।
थेबेका अनुसार काठमाडौँ र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६ हजार एक सय,उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार,उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५ सयका दरले १५ हजार युवाहरू जुटाउने युवा संघको तयारी छ । यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार ,मधेसबाट ४ हजार,गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार । कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १ हजार युवा जुटाउने युवा संघले जनाएको छ ।
संघका अध्यक्ष थेबे भन्छन्, ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरू परिचालन गरेका छौँ । ’
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी स्थित तीनकुने मैदानमा हुने छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।
एमालेले ११ औँ महाधिवेशन उद्घाटनका दिन काठमाडौँ उपत्यकामा इतिहासकै ठुलो जनप्रदर्शन गर्ने दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण