रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
सोमबार, २२ मङ्सिर २०८२, १३ : १५
रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन । उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए ।
निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयवासिन्दाले बताएका छन् । भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण