बक्स अफिस रिपोर्ट सार्वजनिक, कुन फिल्मले कति कमाए ?
काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको नेपाली बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । मंसिर २० गते शनिबारसम्मको सार्वजनिक बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड कमाई गरेको छ ।
परानले अहिलेसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कमाई गरेको छ । यस अवधिमा परानको टिकट ५ लाख ९८ हजार ३०९ वटा बिक्री भएको छ ।
त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २६ लाख ६ हजार २४० ग्रस कमाई गरेको छ । जेरी अन टपको अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बिक्री भएको छ ।
त्यस्तै जारी–२ ले अहिलेसम्म ६ करोड २३ लाख ६९ हजार २०० ग्रस कमाई गरेको छ । जारी–२ को कुल २ लाख ७ हजार ७१४ टिकट बिक्री भएको छ ।
त्यस्तै फिल्म मन बिनाको धनले ३ करोड ७९ लाख २ हजार ८७९ ग्रस कमाई गरेको छ । फिल्मको मन एक लाख ४५ हजार ५९ टिकट बिक्री भएको छ ।
त्यस्तै यस साता रिलिज भएको फिल्म हर्षले २८ लाख २ हजार ३४६ कमाई गरेको छ । फिल्मको ८ हजार ४३६ मात्र टिकट बिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रदेश नै विकासको वास्तविक संवाहक हो, यथार्थपरक बजेट ल्याएका छौँ’
-
‘निजी क्षेत्रका समस्या आफैंले भोगेकी छु, संसद्मा यसलाई उठाउनेछु’
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण