थाहाले पनि थाल्ने भयो सडक विस्तार, संरचना हटाउन सातदिने अल्टिमेटम
मकवानपुर । मकवानपुरमा सडक विस्तारका गतिविधिहरू अगाडि बढेका छन् ।
हेटौँडा उपमहानगरपालिकाले गत मंसिर २० गतेदेखि सडक विस्तारको काम थालेको थियो। तर, अदालतको स्टे अर्डरका कारण हाललाई यो काम रोकिएको छ । हेटौँडाको काम रोकिए पनि मकवानपुरकै अर्को एक नगरपालिकाले पनि सडक विस्तारको योजना अघि बढाउने जनाएको छ ।
थाहा नगरपालिकाले पनि सडक विस्तारका लागि सडक सीमाभित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । नगरपालिका वडा नम्बर १ कार्यालयले सडक विस्तारमा अवरोध पुर्याउने संरचनाहरू हटाउन स्थानीयवासीलाई सातदिने अल्टिमेटम दिएको हो ।
वडा कार्यालयले एक सूचना जारी गर्दै निर्माणाधीन कुन्छाल–कुलेखानी सडक खण्ड अन्तर्गत बज्रबाराही चौरदेखि पखमट धारासम्मको क्षेत्रमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो । उक्त सडक क्षेत्रमा बनाइएका घरटहरा हटाइ सडक विस्तारमा सहयोगका लागि आग्रह गरेको छ ।
नहटाए कानुनी प्रक्रियाअनुसार अघि बढ्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण