मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

भत्किएका घर अगाडि हेटौँडाका व्यापारीको ‘सेल मेला’, तस्बिरहरू

सोमबार, २२ मङ्सिर २०८२, १५ : ३३
सोमबार, २२ मङ्सिर २०८२

मकवानपुर । सडक विस्तारका क्रममा घर टहरा भत्काइएपछि घर अगाडि हेटौँडाका व्यापारीहरूले ‘सेल मेला’ सुरु गरेका छन् । भत्काइएको घर तथा पेटीमा व्यापारीहरूले ‘सेल मेला’ चलाएका हुन् । 

सडक छेउमा थुपारिएका इँटा, रड र सिमेन्टका भग्नावशेषकै अगाडि हेटौँडाका व्यापारीहरूले 'सेल मेला’ सञ्चालनमा ल्याएपछि ग्राहकहरूको भिड देखिएको छ । 

भत्काइएका संरचना नहटाई उनीहरुले पुरानै सटर तथा कोठा अगाडि कपडा, जुत्ता तथा मसलाको बिक्री थालेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन कार्यालयले २५ गज भित्रका संरचना हटाएपछि धेरै व्यापारीहरूको पसल भत्किएको थियो ।

तर, व्यवसाय नै धरापमा पर्ने अवस्था आएपछि व्यापारीहरूले भत्किएकै घरको पेटी र खुल्ला आकाशमुनि सामान फिँजाएर सेल मेला सुरु गरेका हुन् ।

बजारको राप्ती रोड, मेनरोड र स्कुल रोड क्षेत्रमा यतिबेला सेल... सेल... सेल लेखिएका ब्यानरहरू देख्न सकिन्छ ।

सटर भत्किएर पसलको स्वरूप बिग्रिए पनि व्यापारीहरूले त्रिपाल टाँगेर वा खुल्ला रूपमै जाडोका कपडा, जुत्ता र घरायसी सामानहरू बिक्रीमा राखेका हुन् ।

01-Messenger_creation_0F84EA78-DE23-4598-8845-32690A2A69E902-Messenger_creation_2AE5BC4C-C4EB-46F8-B53E-EAA59D4638EE03-Messenger_creation_5F2B1749-38E0-4F7D-BE5E-08A44E30421E04-Messenger_creation_6CF6377F-00D1-4534-AF9E-2070D7E56BA505-Messenger_creation_0259DE3C-977E-4630-A287-4E73DA7F07A306-Messenger_creation_5446DE3B-C012-4202-8637-B6570EA7423E07-Messenger_creation_BEFDC294-8F12-4243-BDB1-8D2CC2981D9108-Messenger_creation_DB6B6B62-AA00-4B54-854A-E4EC3E59751A09-Messenger_creation_E515C0A7-B958-489B-9B52-2AEFDAF5F47110-Messenger_creation_F8A2BFC1-EB0A-4ED0-AA50-BF1F7CA3998C

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप