पूर्वाधार विकास कार्यालय मोरङको भवन शिलान्यास
सोमबार, २२ मङ्सिर २०८२, १८ : ४४
विराटनगर । पूर्वाधार विकास कार्यालय, मोरङको अत्याधुनिक प्रशासनिक भवनको शिलान्यास भएको छ ।
सोमबार एक कार्यक्रमकाबिच कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले भवनको शिलान्यास गरेका हुन् ।
विराटनगर महानगरपालिका वडा नं. ५ मा निर्माण हुने सो भवन निर्माणका लागि ललितपुरस्थित निर्माण कम्पनी सिमवाली इन्कन जे.भी.सँग २ करोड ८४ लाख ६४ हजार लागतमा सम्झौता भएको छ ।
पूर्वाधार कार्यालय मोरङका अनुसार निर्माण कम्पनीसँग २०८२ साल असोज ७ गते दुई वर्षमा काम सक्ने गरी सम्झौता भएको हो ।
पूर्वाधार विकास कार्यालय मोरङले आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह थप चुस्त र प्रभावकारी हुने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण