भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माइतीघर मण्डलामा प्रदर्शन
मङ्गलबार, २३ मङ्सिर २०८२, १४ : ११
काठमाडाैँमा। संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२ औँ वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ ।
यसैक्रममा काठमाडौँको माइतीघर मण्डलामा मंगलबार भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा विभिन्न नागरिक समाज, सुशासन तथा भ्रष्टाचारविरोधी अभियन्ताहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनकारीहरूले “भ्रष्टाचार मुर्दावाद”, “सुशासन जिन्दावाद”, “भ्रष्टाचारको अन्त्य गर” जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण रूपमा विरोध जनाएका छन् ।
भ्रष्टाचारविरुद्धको यो दिवस हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर मनाइन्छ । नेपालले सन् २००३ मा पारित उक्त महासन्धिलाई २०११ मा अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण