उपत्यका प्रवेश गर्ने लामो दूरीका बसको रुट इजाजत बसपार्कसम्म मात्र
सारांश
- काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातका साधनले अब बसपार्कसम्म मात्र रुट इजाजत पाउनेछन्।
- यातायात व्यवस्था विभागले प्रदेशका यातायात कार्यालय र ट्राफिक प्रहरीलाई परिपत्र जारी गरेको छ।
- लामो दूरीका सवारी साधनले अब तोकिएका स्थानबाट मात्रै यात्रु ओराल्न र चढाउन पाउनेछन्।
काठमाडौँ । बाहिरबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारीसाधनको रुट इजाजत बसपार्कसम्म मात्र कायम गर्ने निर्णय गरिएको छ ।
यातायात व्यवस्था विभागले मंगलबार सो निर्णय गरेर सबै प्रदेशका यातायात हेर्ने मन्त्रालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
यसअघि प्रदेश स्थित यातायात व्यवस्था कार्यालयहरूले प्रदेशबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने गाडीहरूलाई उपत्यकाको विभिन्न ठाउँ तोकेर रुट इजाजत दिँदै आएको थियो ।
विभागले यातायात कार्यालयहरूलाई नियमअनुसार कायम भएका प्रदेशभित्रका बाटोमा मात्र रुट इजाजत जारी गर्न भनेको छ ।
विभागको निर्णयमा भनिएको छ, ‘यसको प्रतिकुल हुने गरी यसभन्दा अघि बाटो इजाजत जारी भएको भए सो समेतलाई यसै अनुसार तत्काल सच्याउनुपर्ने ।’
विभागको निर्णय अनुसार उपत्यका प्रवेश गर्ने सार्वजनिक सवारी साधनले अब कलंकी–सितापाइला हुँदै बसपार्कसम्म मात्र आउन र जान पाउँछन् । उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुहरूले कलंकी–सातदोबाटो र कोटेश्वर हुँदै बनेपासम्म आउन जान पाउँछन् ।
उपत्यकामा अत्यधिक ट्राफिक जाम भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुट परमिटबारे पुनर्विचार गर्न विभागलाई आग्रह गर्दै आएको थियो ।
लामो दूरीका गाडीहरू साँखु, टोखा र पश्चिमतर्फ जाने गाडीले भक्तपुरसम्म पुगेर यात्रु पिकअप गर्न थालेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यसमा कडाइ गर्दै आएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले लामो दुरीका रात्रि तथा दिवा सेवाका गाडीहरूलाई अनिवार्य रूपमा बसपार्कबाट अथवा तोकिएको ठाउँबाट मात्र छुट्ने व्यवस्था गरिएको बताए ।
लामो दूरीमा चल्ने गाडीहरूले अब लोकल गाडी जथाभावी रोकेर यात्रु ओराल्ने र चढाउने गर्न नपाउने सुवेदीले बताए । उनले भने, ‘पिक आवरमा लामो दूरीका गाडीहरूले घण्टौँ यात्रु टिप्न हिँडेपछि उपत्यकाको ट्राफिक जाम बढेको हाम्रो निष्कर्ष छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण