तस्बिरमा हेर्नुहोस् जुनार प्रवर्द्धन मेला
काठमाडौँ । 'गोलन्जोरको सान, जुनार हाम्रो पहिचान ! गोलन्जोरको जुनार, समृद्धिको आधार !!' नारा सहित सिन्धुलीस्थित गोलन्जोर गाउँपालिकाको आयोजनामा तीन दिने जुनार प्रवर्द्धन मेला मंगलबारदेखि सुरु भएको छ ।
जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीन नदिने जुनार महोत्सव सुरु भएको हो ।
“जुनारको प्रवर्धनका साथै यहाँको सडक सञ्जालको समस्या सम्बन्धित निकाय र केन्द्र सरकारलाई देखाउनको लागि आयोजना गरिएको हो ।
यसका साथै सुन्तला जस्ता फलमा लागेका रोगको नियन्त्रण गर्नको लागि ध्यानाकर्षण गर्न आयोजना गरिएको हो ।” मेलाका संयोजक दण्ड गुरूङले रातापाटीलाई बताए ।
महोत्सवमा किसानहरूले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा कृषक र विज्ञबिच बगैँचामा जुनार प्रवर्द्धनसम्बन्धी छलफल हुनेछ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण