च्याम्पियन्स लिगमा एटालान्टासँग चेल्सी २–१ ले स्तब्ध
बुधबार, २४ मङ्सिर २०८२, ०३ : ५७
सारांश
- च्याम्पियन्स लिगमा एटालान्टाले चेल्सीलाई २-१ गोलले पराजित गर्यो।
- चेल्सीका लागि जोआओ पेड्रोले २५ औं मिनेटमा गोल गरे, तर एटालान्टाले पुनरागमन गर्यो।
- एटालान्टाका जियानलुका स्कामाक्का र चार्ल्स डे कतेलारेले गोल गरेर जित दिलाए।
काठमाडौँ। नेपाली समयअनुसार बुधबार बिहान भएको च्याम्पियन्स लिगको खेलमा एटालान्टाले इंग्लिस क्लब चेल्सीलाई २–१ ले पराजित गरेको छ।
खेलको २५ औँ मिनेटमा जोआओ पेद्रोले गोल गर्दै चेल्सीलाई प्रारम्भिक अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा एटालान्टाले खेल फर्काउन सफल भयो ।
५५ औँ मिनेटमा जियानलुका स्कामाक्काले बराबरी गोल गरे भने ८३ औँ मिनेटमा चार्ल्स डे कतेलारेले निर्णायक गोल गर्दे एटालान्टालाई महत्त्वपूर्ण जित दिलाए ।
जितसँगै एटालान्टाले समूह चरणमा महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण