शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डमा कालोपत्रे सुरु (तस्बिरहरू)
फोटोफिचर

नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डमा कालोपत्रे सुरु (तस्बिरहरू)

आजदेखि पुस १ गतेसम्म दिउँसो यातायात बन्द
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डअन्तर्गत नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे गर्ने काम आज (मङ्सिर २४ गते) बाट सुरु गरिएको छ।

Naagdhunga Naubise Road Construction_ (14)

सडक स्तरोन्नतिका लागि मङ्सिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक बिहान १०:३० बजेदेखि ३:३० बजेसम्म सो सडक खण्ड बन्द गरी काम अगाडि बढाइएको हो।

Naagdhunga Naubise Road Construction_ (15)

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैसँग समन्वय गरी काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सडक बन्द गरेर काम सुरु गरेको हो। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सूचना प्रकाशित गरेका थिए।

Naagdhunga Naubise Road Construction_ (16)

सडक विस्तारको कार्यअन्तर्गत त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ। सडक विभागका अनुसार, सोही क्रममा काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखेर काम सम्पन्न गरिनेछ।

Naagdhunga Naubise Road Construction_ (17)

सो सडकखण्ड साँघुरो भएकाले कालोपत्रका लागि एकै पटकमा धेरै उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने अवस्था छ।

Naagdhunga Naubise Road Construction_-1438

यसैगरी, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले आयोजनाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने काम पनि सुरु गरेको जानकारी दिएको छ।

Naagdhunga Naubise Road Construction_-1439

सडक बन्द गरिएको समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधनहरू नागढुङ्गा चेकपोस्टमा रोकिएका छन्। यद्यपि, अत्यावश्यक सवारीसाधनहरू जस्तै एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल र शव वाहनजस्ता सवारीसाधनको आवागमन भने ट्राफिक प्रहरीको सहजीकरणमा भइरहेको छ।

Naagdhunga Naubise Road Construction_-1440Naagdhunga Naubise Road Construction_-1441Naagdhunga Naubise Road Construction_-1442Naagdhunga Naubise Road Construction_-1443Naagdhunga Naubise Road Construction_-1444Naagdhunga Naubise Road Construction_-1445Naagdhunga Naubise Road Construction_-1446Naagdhunga Naubise Road Construction_-1447Naagdhunga Naubise Road Construction_-1448Naagdhunga Naubise Road Construction_-1445Naagdhunga Naubise Road Construction_-1446Naagdhunga Naubise Road Construction_-1447Naagdhunga Naubise Road Construction_-1448Naagdhunga Naubise Road Construction_-1449Naagdhunga Naubise Road Construction_-1450Naagdhunga Naubise Road Construction_-1451

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया