च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै
भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।
धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर सक्रियता बढाएको हो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का खारेज गरी नयाँ प्रक्रियाबाट थप संरचना निर्माण अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
ठेकेदारका कारण निर्माणको काम अधुरो बनेपछि आवश्यक संरचना निर्माण गर्न आम नागरिकलाई सहयोगका लागि आह्वान गरिएको अध्यक्ष राईले बताउए । यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्र विकासमा नागरिकस्तरबाट पनि सहयोग प्राप्त हुन थालेको अध्यक्ष राईको भनाइ छ ।
“केन्द्र सरकारसँग मिलेर हामीले यो धार्मिक क्षेत्रको संरक्षण थालेका हौँ”, अध्यक्ष राईले भने, “पोखरी संरक्षणसँगै घेराबारको काम सकिएको छ, पोखरी वरपर थप संरचना निर्माणका लागि स्थानीय नागरिकलाई सहयोगका लागि आग्रह गरेका छौँ, सहयोगसमेत प्राप्त भइरहेको छ ।”
गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर क्षेत्रलाई छिटो सम्पन्न गरी पौवादुङमालाई आकर्षक धार्मिक तथा आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाले सहयोगको लागि आह्वान गरेसँगै पोखरी परिसरमा फलामबाट निर्मित आराम बेन्च स्थापनाका लागि दलबहादुर थापा, काजीमान थापा, ज्ञानु राई, दिपेन पोमु, सन्तवीर लिम्बू (सन्तोष तिगेला), योगराज गाउँले, मनोज राई, दिपेनकुमार खत्री, सन्तोष चाम्लिङ, भक्तजङ राई, पवित्रा भुजेल, पुष्प धिमाल, गीता ढकाल र जनक सापकोटालगायतले सहयोग गरेका छन् ।
गाउँपालिकाले उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी निर्माण कार्यमा समेत निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ । पञ्चकन्या क्षेत्रको समग्र विकासका लागि पञ्चकन्या मन्दिर, भोजपुर लिजेन्ड पार्क, च्याङ्गे पोखरी चिल्ड्रेन पार्क, खुल्ला व्यायामशाला, ढुङ्गाका धार्मिक मूर्ति तथा अन्य भौतिक संरचना क्रमशः निर्माण हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण