असफल संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिँदैन : अध्यक्ष लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असफल संविधानको आधारमा निर्वाचनले निकास नदिने बताए।
- उनले सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए।
- अध्यक्ष लिङ्देनले राप्रपाको काम चुनाव जित्ने मात्र नभई देशलाई द्वन्द्वबाट जोगाउने रहेको बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।
बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बनेको सरकारले यथास्थितिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभई थप सङ्कटमा धकेल्ने बताए । उनले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । लिङ्देनले जनताकोबिचमा चरम अलोकप्रिय साबित भएका कारण केहि दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा राखे ।
अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपा मात्रै रहेकाले राप्रपाको काम चुनाव जित्नेमात्रै नभई देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी पार्टीको काँधमा आएको अध्यक्ष लिङ्देनले बताए ।
आफूले पार्टीको हितविपरीत कुनै पनि काम नगरेको भन्दै उनले पार्टीभित्र विवाद देखिएजस्तो सन्देश बाहिर जान नहुनेमा जोड दिए । पार्टीभित्रका असहमतिलाई महाधिवेशनमार्फत समाधान गर्न सकिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण