मणिपाल प्रिमियर लिग हुँदै
पोखरा । नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा मणिपाल प्रिमियर लिग हुने भएको छ ।
कलेजको खेल–संस्कृति र क्याम्पसभित्रको समावेशी वातावरणलाई अझ सुदृढ बनाउने उद्देश्यसहित “मणिपाल प्रिमियर लिग–२०२५” आगामी डिसेम्बर १३ देखि २४ सम्म आयोजना हुने भएको हो।
एक दशकभन्दा लामो इतिहास बोकेको यो प्रतियोगिताले मनिपालमा विद्यार्थीहरूको प्रतिभा, नेतृत्व क्षमता र खेलभावनालाई निरन्तर उचाइमा पुर्याउँदै आएको छ। यस वर्षको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्री नारायण पौडेल सहभागी हुने आयोजकले जनाएको छ।
यस वर्षको एमपीएल उपाधिका लागि पाँच शक्तिशाली टोलीहरू मैदानमा उत्रँदै छन्। टिम एनेस्थेसिया, टिम मेडिसिन, टिम सर्जरी र अर्थोपेडिक्सको संयुक्त टोली तथा टिम ईएनटी, पेडियाट्रिक्स र प्याथोलोजीको संयुक्त टोलीले एक–अर्कालाई चुनौती दिनेछन्। विशेष गरी, गत वर्षको उपाधि विजेता टिम इमर्जेन्सी र रेडियोलोजी (मर्ज्ड) ले आफ्नो साख जोगाउन कडा संघर्ष गर्ने अपेक्षा गरिएको छ। यी टोलीहरूले प्रदर्शन गर्ने कौशल र रणनीतिले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने निश्चित छ।
प्रतियोगितामा सामूहिक प्रदर्शनका साथै व्यक्तिगत प्रतिभालाई पनि उच्च सम्मान गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर र टप स्कोरर अवार्ड प्रदान गरिनेछ भने युवा मेडिकल विद्यार्थीलाई प्रोत्साहन गर्न ‘इमर्जिङ प्लेयर अवार्ड’ को व्यवस्था गरिएको छ। एमपीएललाई केवल खेलका रूपमा मात्र नभई अनुशासन, एकता र साथीभावना विकास गर्ने मञ्चको रूपमा स्थापित गरिएको छ।
प्रतियोगिताको तयारीबारे जानकारी दिँदै एमपीएलका आयोजक आर्यन भट्टराईले यो प्रतियोगितालाई फुटबलभन्दा माथि उठेर नेतृत्व र एकताको पाठशालाको रूपमा व्याख्या गरे। “हामीले चाहेका छौँ कि सहभागी खेलाडी र दर्शक दुवैले ‘मनिपाल परिवार एक हो’ भन्ने भावनालाई अझ बलियो रूपमा अनुभूति गरून्,” भट्टराईले भने। उनका अनुसार मैदान व्यवस्थापन, सुरक्षा, प्रकाश तथा स्वास्थ्य सामग्री लगायतका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको छ।
त्यस्तै, प्रतियोगिताको माहोललाई नजिकबाट नियालिरहेका मिडिया म्यानेजर कीर्तन कोइरालाले यस वर्षको वातावरण अत्यन्तै सकारात्मक र ऊर्जामय रहेको बताएन्। उनले भने, “सबैभन्दा रमाइलो पक्ष भनेको सिनियर र जुनियर विद्यार्थीबीचको स्वाभाविक र सम्मानजनक अन्तरक्रिया हो, जसले मनिपाल परिवारलाई अझ नजिक ल्याएको छ।”
यसपटकको एमपीएल–२०२५ को आधिकारिक मिडिया पार्टनरको रूपमा ‘रातोपाटी’ रहेको छ। रातोपाटीको टोली र एमपीएल आयोजक समितिबीच सुदृढ समन्वय र साझेदारी कायम भएको छ। आयोजकहरूको विश्वास छ कि डिसेम्बर १३ को उद्घाटन म्याचसँगै पोखराको फुलबारी क्षेत्र ऊर्जा, उत्साह र मनिपाल परिवारको एकताको धुनले गुञ्जिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण