शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

'ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा लुम्बिनीसँगकाे खेल हार्‍याैँ'

बिहीबार, २५ मङ्सिर २०८२, २१ : ५५
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । विराटनगरका मुख्य प्रशिक्षक धमीका प्रसादले ब्याटरले जिम्मेवारी नलिँदा खेल हार्नुपरेको बताएका छन् । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनी लायन्ससँग ४० रनले पराजित भएपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन् । 

लक्ष्य सहज रहेको भए पनि ब्याटरहरुले एक सय रन पनि कटाउन नसकेको र यसको जिम्मेवारी पनि ब्याटरहरुले नै लिनुपर्ने उनले बताए ।

लुम्बिनीलाई बढीमा १२० रनमा रोक्ने लक्ष्य रहेको भए पनि १४ रन थप जोडेको मुख्य प्रशिक्षक प्रसादले बताए । पावरप्लेदेखि नै विकेट गुमाउँदै गएका कारण आजको खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो ।

यससँगै लुम्बिनी भने नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । लुम्बिनीले अब फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । 

विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप