सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सिन्धुली-१ बाट श्याम घिमिरेसहित १२ जना प्रतिनिधि सभा उम्मेदवार सिफारिस

शुक्रबार, २६ मङ्सिर २०८२, ०८ : २४
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेस सिन्धुलीले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
  • प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ श्याम घिमिरेसहित १२ जनाको नाम सिफारिस गरिएको छ।
  • समानुपातिक तर्फ ४ जना र राष्ट्रिय सभा तर्फ विनोद कुमार गुरुङको नाम सिफारिस गरिएको छ।

मकवानपुर । नेपाली कांग्रेस सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट  आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको मङ्सिर २४ र २५ गते बसेको बैठकले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम टुंगो सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति कर्ण बहादुर मगरका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ श्याम घिमिरे सहित १२ जना र समानुपातिक तर्फ ४ जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरिएको छ । 

प्रत्यक्ष तर्फ श्याम कुमार घिमिरे, उज्ज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, प्रेम चन्द्र दाहाल, विश्वनाथ कोइराला, शम्भु राउत, प्रेम प्रसाद भट्टराई, ध्रुव प्रसाद पहाडी, दिनेश प्रसाद अधिकारी, अर्पणा खड्का, खिला कुमारी दाहाल (लक्ष्मी) र अन्जनी कोइरालाको नाम सिफारिस गरिएको छ । 

समानुपातिक तर्फ गंगा दाहाल, इन्दिरा निरौला, भद्रिमाया मगर र चेत प्रसाद भट्टराईको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभा तर्फ उम्मेदवारका लागि विनोद कुमार गुरुङको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

1000047271

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप