रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
सारांश
- रौतहटमा ट्रक र कार ठोक्किँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।
- दुर्घटनामा कार चालक र एक जना घाइते भएका छन्, उनीहरूको उपचार भइरहेको छ।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा बिहान ७ः५० बजे ठोक्किँदा कारमा सवार करिब ८०–९० वर्षका बारा नीजगढ घर भई नाम नखुलेका एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मृतकको आफन्तहरू लाई खबर गरिएको छ उनीहरू पुगेपछि नाम र वतन खुल्ने इन्स्पेक्टर मगरले जानकारी दिएका छन्।
दुर्घटनामा कार चालक बारा निजगढका करिब ३० वर्षीय दिनेश थपलिया र चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन्। थपलियाको टाउको र अनुहारमा चोट लागेको छ भने सापकोटालाई बाहिरी चोट नलागे पनि छाती दुख्ने समस्या रहेको प्रहरीले जनाएको छ।
उक्त घटनापछि ट्रक चालक मकवानपुर, हेटौँडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्दरनिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण