सन्तोष परियारलाई ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरे।
- पुरस्कार ग्रहण गर्न परियार दिल्ली प्रस्थान गरेका छन् र उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए।
- उनले समाजका पिछडिएका वर्गका लागि सक्दो गर्ने प्रतिबद्धता जनाएका छन्, पुरस्कार वितरण डिसेम्बर १३ र १४ मा दिल्लीमा हुनेछ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्राप्त गरेका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेका हुन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परियारले बाबासाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित हौ, संगठित हौ र सङ्घर्ष गर’ भन्ने भनाइबाट आफू सधैँ प्रभावित रहेको र अम्बेडकरको नामसँग जोडिन पाउँदा आफूलाई खुसीका साथै गम्भीर र जिम्मेवार महसुस भएको बताएका छन्।
उनले ‘ज्ञानको कुनै समय र सीमा हुँदैन भन्ने कुरा बाबासाहेबले प्रमाणित गरिदिएका’ भन्दै, संसारभरका दलनमा पारिएका, हेपिएका र समाजको संस्कृति, अर्थतन्त्र र राजनीतिबाट छुटाइएकाहरूका खातिर आफूले सक्ने जति सबै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
परियारका अनुसार पुरस्कार वितरण कार्यक्रम डिसेम्बर १३ र १४ तारिखमा दिल्लीमा हुनेछ। उनले कार्यक्रममा उपस्थित हुन सम्भव हुने साथीहरूलाई भेट्न आग्रहसमेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण