एमाले पोलिटब्युरो सदस्य दल राना सक्रिय राजनीतिबाट बिदा
सारांश
- एमाले नेता दलबहादुर रानाले पार्टीको सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्।
- उनले पारिवारिक समस्याका कारण आगामी महाधिवेशनमा कुनै पदमा नउठ्ने बताएका छन्।
- रानाले पार्टी सदस्यको हैसियतमा देश र जनताको हितमा काम गरिरहने बताए।
काठमाडौँ । महाधिवेशनको मुखमा नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । रानाले शुक्रबार सामाजिक सञ्जालमार्फत विश्राम लिने घोषणा गरेका हुन् । आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट समेत बिदा हुने रानाको भनाइ छ ।
‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था नभएकोले भोलि २०८२ साल मङ्सिर २७–२९ सम्म काठमाडौँमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु’, सामाजिक सञ्जाल फेसबुकमा रानाले लेखेका छन् ।
उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफूले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने रानाको भनाइ छ ।
करिब साढे चार दशकदेखि राजनीतिमा क्रियाशील राना पाल्पाबाट निर्वाचित हुँदै आएका थिए, यद्यपि, पछिल्लो पटक उनी सांसद थिएनन् । २०७० सालमा उनले भूमि सुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण