छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
शुक्रबार, २६ मङ्सिर २०८२, १५ : ४८
सारांश
- रोल्पा, पाल्पा, बर्दिया र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा शुक्रबार ६ जनाको मृत्यु भयो।
- रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु भयो भने पाल्पामा गाडी दुर्घटनामा ३ जना महिलाको घटनास्थलमै मृत्यु भयो।
- बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो भने रौतहटमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भयो।
काठमाडौँ । रोल्पा, पाल्पा, बर्दिया र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा शुक्रबार ६ जनाको मृत्यु भएको छ।
- रोल्पामा अटो दुर्घटना: सुनिलस्मृति गाउँपालिका-३, रोहवाङस्थित सडकमा रा.१ ह ३३५८ नम्बरको अटो दुर्घटना हुँदा सोही गाउँपालिकाका ५४ वर्षीय रेग बहादुर बिष्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक बिष्टको उपचारका लागि सुलिचौरतर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो।
- पाल्पामा गाडी सडकबाट खस्यो: निस्दी गाउँपालिका-४, चिउरीबाँसस्थित सडकमा लु.१ ज ३९०८ नम्बरको गाडी सडकबाट करिब १,२०० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ३ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही गाउँपालिका-७ हुवासकी ३६ वर्षीया हेम कुमारी सारू, सोही गाउँपालिका-४ ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र हाल नाम, थर र वतन नखुलेकी एक महिला रहेका छन्। दुर्घटनामा घाइते भएका ८ जनामध्ये ५ जनाको नवलपरासी पूर्वस्थित अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।
- बर्दियामा मोटरसाइकल पोलमा ठोक्कियो: बारबर्दिया नगरपालिका-९ स्थित सडकमा भे.३ प ४७५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ खैरेनीका २३ वर्षीय संजोग थारूको मृत्यु भएको छ। मोटरसाइकल अर्को बा.प्र ०२-०३० प ७७८८ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो। गम्भीर घाइते भएका थारूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो। बा.प्र ०२-०३० प ७७८८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- रौतहटमा ट्रक–कार ठक्कर: रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र बा.३ च ६१९३ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार बारा निजगढ नगरपालिका-३ का ७९ वर्षीय भक्त बहादुर खत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको सिभिल अस्पताल चन्द्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका कार चालकसहित अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण