शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

२०८२ मा हुन लागेको चुनावको पक्षमा जसपा नेपाल छैन : अधिकारी

शनिबार, २७ मङ्सिर २०८२, १६ : ३२
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • जसपा नेता प्रकाश अधिकारीले २०८२ मा चुनाव हुनुपर्ने कारण पुष्टि हुनुपर्ने बताए।
  • उनले चुनाव गरेर मात्र नहुने र जसपा नेपाललाई यस्तो चुनाव स्वीकार्य नहुने बताए।
  • उनले सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी भएको र आवश्यक कागजात जलाइएको दाबी गरे।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले २०८४ मा हुनुपर्ने चुनाव ०८२ किन हुन लागेको त्यसको पुष्टि हुनुपर्ने बताएका छन् । 

‘०८२ मा किन चुनाव हुन्छ, त्यसको पुष्टि हुनुपर्छ, चुनाव गरेर मात्र हुँदैन’ उनले भने । जसपा नेपाललाई यस्तो चुनाव स्वीकार हुन नसक्ने समेत उनले बताए । एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै उनले सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्ने सबै नेपाली नागरिकको चाहना रहेको बताए । 

भदौ २३ र २४ गते नेपालमा भएको घटनामा सिंहदरबार र सर्वोच्च अदालत जलेको मात्र नभई त्यहाँ आवश्यक वस्तु समेत जलेको र जलाइएको उनले दाबी गरे । ‘आन्दोलनको नाममा आवश्यक कागजातहरू जलाइएको र चोरिएको भन्दै यसको बारेमा आवश्यक छलफल हुनुपर्ने कुरामा उनले जोड दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप