आज एलओडीमा 'एनपीएल नाइट'
काठमाडौँ । ठमेलस्थित एलओडी क्लबमा आज 'एनपीएल नाइट' आयोजना हुने भएको छ ।
यसमा नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता खेलाडीहरूसहित अन्य आठवटै टिमका खेलाडीको सहभागिता रहनेछ ।
क्लबका सीईओ रविन श्रेष्ठका अनुसार एनपीएल समापन भएको अवसरमा यो सेलिब्रेसन नाइट आयोजना गरिएको हो, जसमा एनपीएलमा सहभागी सबै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ ।
श्रेष्ठले भने, 'हाम्रो मुलुकका लागि एनपीएल हुनु गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठुलो सहयोग पुगेको छ ।'
एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको एनपीएलको दोस्रो सिजनका लागि एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।
यसअघि क्लबका सीईओ श्रेष्ठ र क्रिकेट एसोसिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए । आगामी वर्षमा पनि क्लब इन्टरटेनमेन्ट पार्टनर बन्न सक्ने श्रेष्ठले बताए ।
एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डीजेहरूले म्युजिक प्रस्तुत गरेका थिए । श्रेष्ठका अनुसार खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउने जिम्मेवारी क्लबले पाएको थियो ।
मंसिर १ गतेबाट सुरु भएको खेल आज समापन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण