एमाले विधान संशोधन : अग्नि खरेलको अडानमा लाग्यो मोहोर
काठमाडौँ । नेकपा (एमाले)ले विधान संशोधन गर्दा केन्द्रीय कमिटीको आकार नघटाउने निर्णय गरेको छ । भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले १० औँ महाधिवेशनले तय गरेको साङ्गठनिक संरचनालाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकमा पोलिटब्युरो सदस्य अग्नि खरेलले केन्द्रीय कमिटीको सङ्ख्या घटाउने प्रस्ताव व्यावहारिक नहुने भन्दै पुरानै व्यवस्था कायम राख्नुपर्ने प्रस्ताव राखेका थिए । उनले यसअघि बसेको पोलिटब्युरो बैठकमा पनि सङ्ख्या घटाउने विषयमा असहमति जनाएका थिए ।
‘पोलिटब्युरो बैठकमा पनि मैले यो विषय उठाएको थिएँ, तर त्यसबेला सुनुवाइ भएन,’ नेता खरेलले भने- ‘आजको केन्द्रीय कमिटी बैठकमा मैले पुनः त्यही कुरा उठाएँ र फ्लोरबाट धेरै साथीहरूले समर्थन जनाउनुभयो।’
नेतृत्वले सङ्ख्या घटाउने प्रस्ताव ल्याएको भए पनि हलको दबाबपछि १० औँ महाधिवेशनकै म्यान्डेट अनुसारको कमिटी कायम राख्ने निर्णय भएको हो । यो निर्णयसँगै अब विधान संशोधनको प्रस्ताव बन्दसत्र (हल) मा पेस गरिनेछ र त्यहाँबाट पास भएपछि कार्यान्वयनमा आउनेछ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको असहमति रहे पनि केन्द्रीय कमिटीको बहुमत र फ्लोरको आवाजलाई सम्बोधन गर्दै आकार नघटाउने निर्णयमा पार्टी पुगेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण