सरकारी कार्यालयभित्रै छुवाछुत
गुल्मी । स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुबीच नै छुवाछुत र विभेद हुन्छ भने उनीहरुबाट दलित समुदायका विरामीले कस्तो सेवा पाउँलान ? गुल्मीको एक घट्नाले जो कसैलाई झस्काइदिएको छ ।
अस्लेवा स्वास्थ्य चौकी सत्यवती–१, अस्लेवामा कार्यरत रेखा घिमिरे बिश्वकर्मा समुदायकी स्वास्थ्यकर्मी हुन् । उनलाई त्यही कार्यरत अर्की अनमी लक्ष्मी पाण्डेले छुवाछुतको व्यबहार गर्दै आईरहेकी छन् ।
अनमी घिमिरे भन्छिन् –‘६–७ जना स्टाफ छौं । अरु कसैले विभेद गर्नुहुन्न । लक्ष्मी म्याडमले मात्रै असाध्यै छुवाछुत र विभेद गर्नुहुन्छ । हामीसँगै उपचार गर्न पनि हिड्नुपर्छ । गाउँ–समाजमा जाँदा पनि मलाई उहाँले तल्ला जातकी हो भनेर भनि दिनुहुन्छ । सँगै कार्यालयमा काम गर्दा मैले छोएको चिया र पानी समेत खानुहुन्न । पेट दुखेको बाहना पार्नुहुन्छ । सरकारी स्वास्थ्य संस्थामा नै यस्तो विभद हुन्छ भने सर्वसाधरणको अवस्था के होला ?’
यस सम्वन्धमा सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवाका वडाध्यक्ष भीमप्रसाद पाण्डेको ध्यानकृष्ट गराउँदा उनले पनि अनमी घिमिरेवाट त्यस्तो गुनासो आएको बताए । उनले भने–‘ विभेद भएको सुनेपछि म गएर सम्झाएको छु, आगमी दिनमा त्यस्तो नगर्ने भएका छन् । ’
उक्त स्वास्थ्य चौकीका प्रमुख अहेव कृष्णप्रसाद पाण्डे र अनमी पाण्डे श्रीमान श्रीमति हुन् । उनीहरुको चौकी नजिकै पाण्डे मेडिकल क्लिनिक रहेको छ । स्वास्थ्य चौकी प्रमुख पाण्डेले भने – ‘विभेदका सम्वन्धमा वडाध्यक्षले आएर सम्झाउनुभएको छ तर, मलाई त्यस्तो लाग्दैन ।’
सरकारी कार्यालय मै छुवाछुत भएकोबारे जिल्ला जनस्वास्थ्य प्रमुख उत्तम कोइराला र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको समेत ध्यानकृष्ट गराइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण