‘यो पागल मन’ले फर्काउँला ऋचाको क्रेज ?
काठमाडौं – अभिनेत्री ऋचा सिंह ठकुरी अहिले चर्चामा छिन् । उनी अभिनित चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रचार प्रसारको कारणले पनि उनको चर्चा बढेको हो ।
‘यो पागल मन’बाट उनले लामो समयपछि अभिनयमा पुनरागमन गर्न लागेकी हुन् । करिब ५ बर्ष अगाडि विपाह गरेर अभिनयबाट उनी टाढा हुन पुगेकी थिइन् । विवाह पछिको जीवनमा मज्जा लिन केही बर्ष अभिनयबाट आफू टाढा रहेको उनले बताइन् ।
प्रेमकथामा बनेको चलचित्र ‘नाई ल भन्नु ल’बाट अभिनयमा देखिएकी उनले करिब आधादर्जन बढी चलचित्र लगातार अभिनय गरेकी थिइन् । बिबाह लगतै हराएक िउनी फेरी लभस्टोरी जनरामा निर्माण गरिएको ‘यो पागल मन’बाट नै पुनरागमन गरेकी छन् । यो चलचित्रको प्रदर्शनपछि आफ्नो पुराको क्रेज फर्किने उनले सुनाइन् ।
‘यो पागल मन’मा उनको अलवा गौरी मल्ल, बिनोद न्यौपाने, राजेश ढुंगाना, एनि कुवर लगायतको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा बिनोद न्यौपाने र उनको लभ देख्न सकिन्छ ।
सबै कलाकारको राम्रो भूमिका रहेको चलचित्र सफल हुने निर्देशक कल्याण अधिकारीले बताए । उनको ठुलै एक्सरसाइजबाट चलचित्र प्रदर्शनमा आउँन लागेको हो । आफुसँग केही चलचित्र जुध्न आएकोले आफुले धेरै हल नपाएको उनले गुसासो पोखे ।
‘सुरुमा चलचित्रको रिलिज मिति जुराउँदा कुनै चलचित्र थिएन,’ निर्माता समेत रहेका निर्देशक अधिकारीले भने ‘अहिले तीन वटा जुध्न आएको छ ।’ पुराना निर्माता निर्देशकले नयाँ निर्माता निर्देशकलाई पेल्ने प्रवृतिको मारमा आफु परेको उनको भनाई रहेको छ ।
अभिनेत्री ऋचाले भने दमदार भूमिका भएकोले ‘यो पागल मन’बाट पुनरागमन गर्न लागेको बताइन् । ‘दर्शकले केही पहिले कै ऋर्चा चलचित्रमा पाउँनु हुनेछ’ ऋचाले भनिन् ‘मेरो डेब्यु ‘नाई न भन्नु ल’ भन्दा पनि ‘यो पागल मन’ राम्रो बनेको छ ।’ चलचित्रको प्रदर्शनपछि आफु पुन अभिनयमा व्यस्त रहने उनको आशा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण