मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेवानको टोली पोखरा सडक महोत्सवकाे निम्तो लिएर जनकपुरमा

सोमबार, २९ मङ्सिर २०८२, १६ : २९
सोमबार, २९ मङ्सिर २०८२

धनुषा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) २७ औं पोखरा सडक महोत्सवको निम्तो लिएर जनकपुरधाम पुगेको छ । महोत्सवको निम्तो दिन सात वटै प्रदेशमा पुग्ने रणनीतिअनुसार रेवान सोमवार मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेको हो ।

रेवानले सोमवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी पोखरामा हुन लागेको महोत्सवको बारेमा जानकारी गराएको छ । महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवा तालको किनार लेकसाइड क्षेत्रमा सञ्चालन हुने महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिए । ताल किनारको साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव हुने उनको भनाइ छ ।

‘सडक मै खाउ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवले खाना संस्कृति र संगितलाई प्रवद्र्धन गर्ने उनले बताए । महोत्सवले पोखराको मात्रै नभई समग्र नेपालको पर्यटन र अर्थतन्त्रमा सहयोग गर्ने उनको भनाइ छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन भारत, थईल्याण्ड लगायतका देशमा जाने परम्परालाई तोडेर महोत्सवले पोखरालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उनले जानकारी दिए । महोत्सवमा निम्तो दिनको लागि आफूहरु जनकपुर आएको बताउँदै उनले महोत्सवमा सहभागी हुनको लागि आग्रह समेत गरे ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला सामग्री, रैथाने मौलिक खानाको प्रर्दशनी हुनेछ ।महोत्सवमा विविध जातजातिका सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको फुड फेस्टिभल, ख्यातिप्राप्त कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी, फेवा तालमा बोट रेस, टग अफ वार, साथै पर्यटन प्रवद्र्धनसम्बन्धी टक शो र फोटो प्रदर्शनी समेत हुने उनले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने उद्देश्यले विगत २६ वर्षदेखि रेवानले महोत्सवको आयोजना गर्दै आएको उनले बताए । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप