शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

यू–१९ एसिया कपः नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग ७ विकेटले पराजित

सोमबार, २९ मङ्सिर २०८२, १६ : ३४
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

सोमबार दुबईस्थित सेभेन्स रंगशालामा आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको यू–१९ टोलीसँग ७ विकेटले पराजित भएको हो । यो हारसँगै नेपालको प्रतियोगितामा अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ ।

सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३१।१ ओभरमै अलआउट हुँदै १३० रनको सामान्य योगफल खडा गरेको थियो ।

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए भने आशिष लुहारले २३ रनको योगदान दिएका थिए । ओपनर साहिल पटेलले १८ रन बनाउँदा नीरज कुमार यादव १४ रनमा आउट भए । नेपालका दुई खेलाडी शून्य रनमै पेभेलियन फर्केका थिए । 

१३१ रनको लक्ष्य पछ्याएको बंगलादेशी टोलीले मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बंगलादेशले १५१ बल बाँकी छँदै विजय हासिल गरेको हो । बंगलादेशका लागि जावद अबरारले ६८ बलमा अविजित ७० रनको योगदान दिए भने कलाम सिद्दिकीले ३६ रन बनाए । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ८ विकेटको लज्जास्पद हार बेहोरेको थियो । नेपालले अब आफ्नो तेस्रो खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप