थाई सेनाले हवाई आक्रमण विस्तार गर्दा १२ जना नागरिकको मृत्यु : कम्बोडिया
थाइल्यान्ड । थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा प्रभाव पर्नुका साथै १२ जा नागरिकको मृत्यु भएको कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।
थाई सैन्य बलले उत्तरपश्चिम कम्बोडियाको सिम रिप प्रान्तको विभिन्न स्थानमा आफ्नो हवाई आक्रमण विस्तार गरेको मन्त्रालयले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
थाइल्यान्डसँगको सीमा द्वन्द्व चर्किदै जाँदा मृत्यु हुने कम्बोडियन नागरिकहरूको सङ्ख्या बढेको र ७४ जना घाइते भएको कम्बोडियाको आन्तरिक मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबार पत्रकारसँगको साक्षातकारमा बताएका छन् ।
यसैबिच, कम्बोडियामा विस्थापित व्यक्तिहरूको सङ्ख्या चार लाख तीन हजार नाघेको जनाइएको छ । कम्बोडियाको रक्षा मन्त्रालयको राज्य उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले आइतबारदेखि सोमबारसम्म थाई सैन्य बलले कम्बोडियाको क्षेत्रमा धेरै स्थानहरूमा तोपको गोलाबारी जारी राखेको बताएका छन् ।
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण