अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास हुन्छ : अर्याल
काठमाडाैँ । नेकपा (एमाले)ले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ । सोमबार अपरान्ह सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा अर्यालले सो कुरा बताएकी हुन् ।
उनले मनोनयनको काम सम्पन्न भएपछि पार्टीको मूल नेतृत्वदेखि तलसम्म नै सर्वसम्मतिको निम्ति प्रयास गर्ने कार्यतालिका रहेको बताइन् । महाधिवेशनमा केपी ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् भने ईश्वर पोखरेलको पनि सोही पदमा उम्मेदवारी परेको छ ।
महासचिवमा ओली पक्षबाट शंकर पोखरेल, ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । ती सबै उम्मेदवारीहरुबीचमा छलफल गरेर फेरि पनि सर्वसम्मतिको प्रयास गर्ने निर्णय गरिएको संयोजक अर्यालको भनाइ थियो ।
उनले भनिन्, ‘निर्वाचन मनोनयनको काम सम्पन्न भइसकेपछि हामीले उम्मेदवारहरुको बिचमा सर्वसम्मतिको निम्ति प्रयत्न गर्छौं । मनोनयन फिर्ता लिन चाहने साथीहरुलाई फिर्ता गराउने, अनि मूल नेतृत्वदेखि तलसम्म सर्वसम्मतिको निम्ति प्रयत्न गर्ने हाम्रो कार्यतालिका भित्र छ । यदि हामीले पूर्ण रुपमा सर्वसम्मत गराउन सकेनौ भने आंशिक रुपमा केही हुन्छ । तर पूर्ण रुपमा गर्न सकिएन भने त्यसलाई निर्वाचनमार्फत नै टुंगो गर्नेगरी निर्वाचन आयोगले आफ्ना कामहरु अघि बढाएको पनि म यहाँहरु समक्ष राख्न चाहन्छु ।’
एमालेले सर्वसम्मति हुन नसके पुस १ गते भोलि मतदानमार्फत नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण