भन्सार विभागले मङ्सिरमा उठायो ४० अर्ब १९ करोड राजश्व
सारांश
- चालु आर्थिक वर्षको मङ्सिर महिनामा भन्सार विभागले ४० अर्ब १९ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ।
- गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७० प्रतिशतले राजश्व वृद्धि भएको छ।
- भन्सार विभागले पाँच महिनामा १ खर्ब ९४ अर्ब ५५ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा भन्सार विभागले मात्रै ४० अर्ब १९ करोड राजश्व ९२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व सङ्कलनको तथ्याङ्क अनुसार भन्सार विभागले उक्त राजश्व सङ्कलन गरेको हो । जसमा चालु आर्थिक वर्षको साउन देखि मङ्सिर पाँच महिनामा भने भन्सार विभागतर्फ १ खर्ब ९४ अर्ब ५५ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले ३३।०७ प्रतिशत राजश्व सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ९।७० प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागले गत आर्थिक वर्षको मङ्सिर महिनामा मात्रै ३६ अर्ब ६८ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । त्यस्तै,गत आर्थिक वर्षको पाँच महिनामा भन्सार विभागले १ खर्ब ७७ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।
यसरी हेर्दा भन्सार विभागले चालु आर्थिक वर्षमा ९।७० प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि गरेको देखिन्छ । यसले आयात व्यापार वा भन्सार असुलीमा प्रभावकारिता बढेको सङ्केत गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण