मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
मकवानपुर । यहाँको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बकैया–७ अधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीका अनुसार मंगलबार दिउँसो अधेरी स्थित भित्री सडक खण्डमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका २२ जना मध्ये ३ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनले बताए ।
दुर्घटनामा मृत्यु हुनेहरूमा बकैया गाउँपालिका–७ अधेरी बस्ने ५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका प्रवक्ता बोगटीले बताए ।
घाइतेहरूलाई उपचारका लागि हेटौँडा ल्याइएकोमा केशव माझीलाई दिउँसो २ः३० बजे र युवराज माझीलाई २ः२६ बजे हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ ।
दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेरुरूको अवस्था र घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण