अध्यागमन कार्यालयबाट दुई जना अधिकृत हटाइए
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई अध्यागमन अधिकृतलाई बिना कारण यात्रु फिर्ता पठाएको आरोपमा हटाइयो।
- हेमन्ती साउद र बबिता मरासिनीलाई डडेलधुरा र पाल्पामा सरुवा गरिएको छ।
- भिजिट भिसामा ओमान जान लागेका यात्रुलाई श्रम स्वीकृति बिना फिर्ता पठाएको आरोप लागेको छ।
काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका यात्रुलाई बिनाकारण फिर्ता गर्ने दुई जना अध्यागमन अधिकृतलाई विमानस्थलबाट हटाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अधिकृतलाई त्यहाँबाट हटाइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
अध्यागमन अधिकृतद्वय हेमन्ती साउद र बबिता मरासिनीलाई त्यहाँबाट हटाइएको हो । मंसिर २३ मा अध्यागमन कार्यालयबाट सरुवा गरेर साउदलाई जिल्ला प्रशासन कार्यालय डडेलधुरा र मरासिनीलाई ईलाका प्रशासन कार्यालय पाल्पा रामपुरमा पठाउने निर्णय भएको मन्त्रालयका ती अधिकृतले जानकारी दिए ।
भिजिट भिसामा ओमान जान लागेका यात्रुलाई उनीहरुले ‘श्रम स्वीकृति लिएर आउनु’ भन्दै फिर्ता पठाएका थिए ।
साउद र मरासिनीले छुट्टाछुट्टै यात्रुलाई ‘अपलोड’ गरेको सूचना प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो मार्फत पाएपछि अध्यागमन विभागले पनि त्यसबारे आन्तरिक छानबिन गरेको थियो ।
भिजिट भिसामा हुने तस्करी नियन्त्रणमा कडाइ हुन थालेपछि अनावश्यक झमेला खडा गरेर उनीहरुले डेस्कबाट यात्रुलाई अफलोड गरेका हुन् । बिचौलियासँग मिलेर रकम असुल्ने नियतले उनीहरुले यात्रु अफलोड गरेको आरोप छ ।
भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुबाट ‘सेटिङ’मा हुने असुली नियन्त्रण गर्न अध्यागमन विभागले अहिले ‘मापदण्ड’ परिमार्जन गरेको छ । २०८० माघ १० बाट लागु गरिएको ‘विवादित’ ६ बुँदे मापदण्ड खारेज गरेर गृह मन्त्रालयले कात्तिक १३ देखी नयाँ मापदण्ड लागु गरेको छ ।
परिमार्जित नयाँ मापदण्ड अनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रुहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।
तर, अधिकृतद्वयले कागजात पुरा हुँदा पनि यात्रुलाई अफलोड गरेको भेटिएको छ । यसअघिको ६ बुँदे मापदण्डको कारण बिचौलियाहरूले चलखेल गरेर ‘सेटिङ’ धन्दा सञ्चालन गरिएको अध्यागमन विभागको निष्कर्ष छ ।
अहिले भिटिज भिसामा यात्रा गर्न राहदानी, भिसा र प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रा गर्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण