कांग्रेसका कोशी प्रदेश सदस्य मित्रसेन योन्जनद्वारा पार्टी परित्याग, जेनजी आन्दोलनलाई अवमूल्यन गरेको आरोप
सारांश
- नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य मित्रसेन योन्जनले पार्टी परित्याग गरेका छन्।
- उनले पार्टी नेतृत्व देशमा भइरहेका परिवर्तनप्रति गैरजिम्मेवार बनेको आरोप लगाए।
- योन्जनले आफू राष्ट्रवादी भएको र भविष्यमा राष्ट्रवादी टिमहरू ध्रुवीकृत हुँदा उभिन सक्ने संकेत गरे।
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य एवं आदिवासी जनजाति विभाग प्रमुख मित्रसेन योन्जनले पार्टी परित्याग गरेका छन् । उनले कोशी प्रदेश सभापतिलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
‘नेपाली कांग्रेसको वर्तमान अवस्थामा कांग्रेसले जनता र राष्ट्रको हित अनुकूल काम गर्न नसक्ने निष्कर्षका साथ आजका मितिबाट माथिका कुनै पनि पदमा नरहने तथा पार्टीको क्रियाशील सदस्य समेत नरहने गरी पार्टी परित्यागका साथ यो राजीनामा पत्र पेश गरेको छु,’ गएको बिहीबार बुझाएको राजीनामा पत्रमा योन्जनले भनेका छन् ।
योन्जनले देशमा भइरहेका ठूला परिवर्तन र आन्दोलनहरूप्रति पार्टी नेतृत्व गैरजिम्मेवार बनेको आरोप लगाए । उनले भने, ‘तपाईंलाई थाहा छ नि जेन–जी आन्दोलन ? यत्रो आन्दोलन र विद्रोह हुँदा राष्ट्रिय पार्टी र सत्तामा भएको पार्टीले कम्तीमा एस वा नो को सिग्नल त दिनुपर्छ नि । तर, पार्टी खाली मौन बस्यो ।’
उनले देशमा भइरहेको यति ठूलो राजनीतिक परिवर्तनको विषयमा समीक्षा गर्नुको साटो खाली महाधिवेशन मात्रै भनेको आरोप लगाए । ‘खाली महाधिवेशन भन्छन्, जतिखेर पनि महाधिवेशन भन्छन् । त्यो कहिल्यै नसकिने कस्तो हो ?,’ उनले भने, ‘देश र जनताको विषयमा चाहिँ कहिले काम गर्ने ? ।’
योन्जनले देशमा यत्रो विद्रोह हुँदा पनि पार्टीभित्र त्यसको कुनै समीक्षा नभएकोमा असन्तुष्टि पोखे । ‘तागत र दम नभएको पार्टीसँग बसिराख्नु भनेको नैतिक कुरा पनि आउँछ । त्यसकारण मैले यो पार्टी छोडेको हुँ,’ उनले भने ।
अबको राजनीतिक यात्रा कता भन्ने प्रश्नमा उनले तत्काल कुनै निर्णय नलिएको बताए । यद्यपि, उनले आफू एक राष्ट्रवादी भएको र राष्ट्रले आमूल परिवर्तन खोजेको भन्दै भविष्यमा राष्ट्रवादी टिमहरू ध्रुवीकृत हुँदा आफू त्यहाँ उभिन सक्ने संकेत गरे । ‘अहिले तत्काल त्यस्तो निर्णय लिएको छैन, छलफल र बहस चलिरहेको छ,’ उनले भने । मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का स्थायी बासिन्दा रहेका योन्जन विगत ८–१० वर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा थिए ।
_5wMnTBeSwv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
-
‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य
-
पूर्वाधारदेखि एआईसम्म : बजेटको प्रभावकारितामाथि सांसद खुश्बु ओलीले उठाइन् प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण