राजनीति
सिरियल नम्बर सहितका फारम पठाउन सुरु
बुधबार, ०२ पुस २०८२, १८ : १२
सारांश
- नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ सदस्यताका लागि सिरियल नम्बरसहितका फारम पठाउन थालेको छ।
- यसअघि सिरियल नम्बर बिनाका फारम फिर्ता मागेर समितिले बुधबारदेखि सिरियल नम्बरसहितका फारम पठाउन सुरु गरेको हो।
- समितिले यसअघि पठाएका ६ लाखमध्ये ४ लाख फारम सिरियल नम्बर बिनाका थिए, जसलाई फिर्ता लिइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि सिरियल नम्बर सहितका फारम पठाउन सुरु गरेको छ ।
यसअघि सिरियल नम्बर बिनाका फारम फिर्ता मागेको समितिले बुधबारदेखि सिरियल नम्बर सहितका फारम पठाउन सुरु गरेको समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।
समितिले यसअघि ६ लाख नयाँ क्रियाशील सदस्यता फारम पठाएकामा ४ लाख सिरियल बिनाका फारम थिए ।
ती फारम के गर्ने भन्ने विवाद थियो । मंगलबार बसेको समितिको बैठकले सिरियल नम्बर बिनाका फारम फिर्ता मागेर सिरियल नम्बर सहितका फारम पठाउने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम बुधबारदेखि पठाउन सुरु गरिएको हो । फारम पठाउँदा हिमाली जिल्लालाई प्राथमिकता दिइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण