एमाले महाधिवेशन
विधान संशोधनप्रति असन्तुष्टि, भोट हाल्नै गएनन् मुकुन्द न्यौपाने
बिहीबार, ०३ पुस २०८२, ०८ : १२
सारांश
- नेकपा एमालेका नेता मुकुन्द न्यौपाने विधान संशोधनको निर्णयप्रति असन्तुष्ट हुँदै मतदानमा अनुपस्थित भए।
- एमालेले ७० वर्षे उमेर हद हटाएपछि उनी एकीकृत समाजवादीबाट फर्किएका थिए।
- केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्याल पनि मतदान प्रक्रियामा सहभागी भएनन्।
काठमाडौँ । नेकपा एमालेका नेता मुकुन्द न्यौपाने नेतृत्व चयनका लागि भएको मतदानमा अनुपस्थित भएका छन् । उनले हालै भएको विधान संशोधनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय महाधिवेशनमा भोट हाल्न नगएका हुन् ।
'तीन महिनामै विधान संशोधन भएकोमा मेरो असन्तुष्टि हो' उनले भने । एकीकृत समाजवादीबाट एमाले फर्किएपछि उनलाई समेट्न एमालेले ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको थियो ।
यता केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका राजेन्द्र अर्याल समेत मतदान प्रक्रियामा सहभागी भएनन् । उनी के कति कारणले मतदानमा सहभागी भएनन् भन्नेबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण